अनुराग

Romanized: anuraaga, anuraag, anurag, anuraga

कसैप्रति वा कुनै कुराप्रति मनमा अनुभव हुने आकर्षण, संलग्नता तथा आसक्तिको भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैप्रति वा कुनै कुराप्रति मनमा अनुभव हुने आकर्षण, संलग्नता तथा आसक्तिको भाव।
२.
कुनै वस्तु वा व्यक्तितर्फ मन प्रवृत्त हुने व्यापार वा अवस्था।
३.
कुनै व्यक्ति वा कुराप्रति मनको झुकाउ; त्यसरी मन तानिएको वा संलग्न रहेको स्थिति।
४.
शृङ्गारका सन्दर्भमा मिलन वा शारीरिक सम्पर्क हुनुभन्दा अगि नारी र पुरुषका बिच मानसिक स्तरमा अनुभव हुने प्रीतिको प्रारम्भिक भाव; आसक्ति; अनुरक्ति; स्नेह; प्यार; प्रीति; प्रेम; माया; प्रणय; मायापिर्ती।

सम्बन्धित शब्दहरू