कब्जा

Romanized: kabjaa, kabj, kabja

कब्जा (kabjaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कब्जा(१)

(नाम [अरबी कब्ज])
१..
कुनै व्यक्ति, वस्तु वा ठाउँउपर जमाइने अधिकार; वश; नियन्त्रण; आधिपत्य।
२..
(विशेषण) कब्जा भएको वस्तु, ठाउँ वा व्यक्ति। (उदा.- युद्धमा सैनिकहरूले आफ्ना सामानसँग नमिसाई कब्जा सामानहरूलाई अलग्ग राखे।)

कब्जा(२)

(नाम [अरबी कब्ज])
1.
झ्याल, ढोकाका खापालाई चौकोसमा जड्ने अथवा सन्दुस आदिका घोप्टेलाई मूल भागसित जड्ने काममा प्रयुक्त हुने, कापे, रिल वा चेपुवा झै दोबार्न र फट्टाउन मिल्ने हुँदा उघार्न र लगाउन सजिलो पर्ने धातुको एक प्रकारको सामान।

उदाहरण वाक्य

  • युद्धमा सैनिकहरूले आफ्ना सामानसँग नमिसाई कब्जा सामानहरूलाई अलग्ग राखे।

सम्बन्धित शब्दहरू