कर्ता
Romanized: kartaa, kart, karta
गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गर्ने।
२.
बनाउने; रचना गर्ने।
३.
(नाम)
कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरण कारकमध्ये पहिलो कारक; क्रियाव्यापारको प्रमुख सञ्चालक; प्रायः प्रथमा विभक्तिद्वारा प्रतिनिधित्व गरिने कारक; कर्तृकारक।
४.
ब्रह्मा।
५.
ईश्वर।
६.
मरेका जन्तुको पोलिएको छाला (प. ने.)।