छेक्नु

Romanized: chheknu, cheknu

कुनै ठाउँमा बस्तुभाउ जान नपाऊन् भनेर रोक्नु; थुन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत छेदक+नु]

१.
कुनै ठाउँमा बस्तुभाउ जान नपाऊन् भनेर रोक्नु; थुन्नु।
२.
कुनै काम हुन नदिनु; थाम्नु।
३.
कहीँ जान वा सर्नबाट रोक्नु।
४.
कुनै ठाउँ ओगट्नु।
५.
बार, घेरा, पर्दा वा पर्खाल आदिले घेर्नु।
६.
लुगा सिउनका लागि जिउमा नाप्नु; अड्कल्नु; नापो लिनु।

सम्बन्धित शब्दहरू