छ्यासमिस
Romanized: chhyaasamisa, chhyaasamis, chhyasamisa, chhyasamis
दुई वा दुईभन्दा बढी खालका वस्तुहरूको सरोबरी मिसोट; छुट्ट्याउन नसकिने गरी भएको मिलावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल छ्यास्+मिस्]
१.
दुई वा दुईभन्दा बढी खालका वस्तुहरूको सरोबरी मिसोट; छुट्ट्याउन नसकिने गरी भएको मिलावट।
२.
मिश्रण; मिलावट, मिसोट।
३.
(क्रियाविशेषण)
मिश्रित भएर; छुट्ट्याउन नसकिने गरी मिलेर।