ढाल्नु

Romanized: dhaalnu, dhalnu

ठडिएको कुनै वस्तुलाई लडाउनु, ढलाउनु वा पल्टाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [ढल्+नु]

१.
ठडिएको कुनै वस्तुलाई लडाउनु, ढलाउनु वा पल्टाउनु।
२.
युद्ध, प्रतिस्पर्धा आदिमा शत्रु वा विपक्षीलाई परास्त गर्नु; हराउनु।
३.
कसैको मनोभावनालाई कुनै निश्चित सिद्धान्त वा विचारमा परिणत गर्नु।
४.
धातु, सिमेन्ट आदि पगालेर वा घोलेर साँचोमा हाली विभिन्न किसिमका वस्तु बनाउनु।

सम्बन्धित शब्दहरू