निष्परिग्रह
Romanized: nishparigraha, nishparigrah, nisparigrah, nisparigraha
विषयको जन्जालमा नफसेको; आसक्तिहीन; वासनारहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विषयको जन्जालमा नफसेको; आसक्तिहीन; वासनारहित।
२.
जहान, परिवारको सङ्ग्रह नगर्ने; विवाह नभएको; अविवाहित।
३.
कुनै पनि दान नलिने; अपरिग्राही।
४.
(नाम)
दण्ड, कमण्डलु आदिको समेत सङ्ग्रह नगर्ने सन्न्यासी।