पछार्नु

Romanized: pachhaarnu, pachharnu, pachaarnu, pacharnu

पछार्नु (pachhaarnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पछार्नु(१)

(सकर्मक क्रिया [पघ्र+आर्+नु८ संस्कृत प्रगालन])
१..
गाई- भैंसीका थुनबाट सजिलोसँग दुध आउने पार्नु; थुनबाट कमलोसँग दुध झर्ने पार्नु; पगार्नु।
२..
कठोर मनको व्यक्तिको हृदयलाई प्रार्थना आदिद्वारा दयालु बनाउनु।
३..
लोभीलाई दानी तुल्याउनु।

पछार्नु(२)

(सकर्मक क्रिया [प्राकृत पच्छाडि])
१..
भुईंमा लडाउनु; गिराउनु; लोटाउनु, ढाल्नु।
२..
साबुन, सोडा आदि नलगाईकन पानीमा मात्र लुगा आदि धुनु; मयल फाल्न लुगा आदिलाई भिजाएर ढुङ्गा, काठ, सिमेन्टको ढलान आदिमा बजार्नु।
३..
जित्नु; पराजित गर्नु।

सम्बन्धित शब्दहरू