पानीसरो

Romanized: paanisaro, paaneesaro, paanisharo, paneesaro

पात र बोट अदुवाका जस्ता हुने डाँठका सिरानमा सुन्तला रङका फूल फुल्ने तथा हरियो फल फल्ने एक थरी बुटी; त्यसैको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पानी+सरो]

१.
पात र बोट अदुवाका जस्ता हुने डाँठका सिरानमा सुन्तला रङका फूल फुल्ने तथा हरियो फल फल्ने एक थरी बुटी; त्यसैको फल।
२.
आयुर्वेदमा चर्मसम्बन्धी रोग र कुष्ठरोगलाई निको गर्ने बताइएको र श्रावण सङ्क्रान्तिका दिन लुतो फाल्न कण्डारकको पूजा गर्दा कुकुरडाइनाको लहराका साथ चढाइने त्यसको फूल।
३.
शरीरमा जिलजिलाउँदा उठ्ने एक प्रकारको खटिरो; सात प्रकारका माई रोगमध्ये एक।

सम्बन्धित शब्दहरू