पूर्वरूप
Romanized: purvarup, purwarupa, purwarup, poorvarupa
कुनै व्यक्ति, वस्तु वा कुराको पहिलेको रूप; अगाडिको रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै व्यक्ति, वस्तु वा कुराको पहिलेको रूप; अगाडिको रूप।
२.
कुनै कुरा वा घटना हुनुभन्दा पहिलेको अवस्था।
३.
रोगको पूर्वावस्था; रोगको प्रारम्भिक लक्षण।
४.
निकट भविष्यमा हुने कुनै कुरालाई सूचित गर्ने लक्षण।
५.
कसैको खतम भइसकेको रूप, गुण, वैभव आदि फेरि प्राप्त भएको वर्णन गर्दा हुने एक अर्थालङ्कार।
६.
व्याकरणमा वर्णसन्धिको एक प्रकार।