प्रकाश
Romanized: prakaasha, prakaash, prakasha, prakaasa
बलेको वा उज्यालो पदार्थबाट निस्कने, अन्धकारलाई हटाउने तत्त्व; अन्धकारले गर्दा प्रत्यक्ष हुन नसकेका वस्तु… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बलेको वा उज्यालो पदार्थबाट निस्कने, अन्धकारलाई हटाउने तत्त्व; अन्धकारले गर्दा प्रत्यक्ष हुन नसकेका वस्तु आँखासामुन्ने प्रत्यक्ष गराउने, उज्यालो वस्तुबाट निस्कने तेज; आलोक; ज्योति; उज्यालो।
२.
घाम; जून।
३.
लुकेर बसेको वा गोप्य रहेको कुरा प्रकट हुने क्रिया; निस्कने वा देखिने क्रिया।
४.
सबैले देख्ने, सुन्ने गरी गरिएको वा भनिएको नाटक आदिका पात्रको उक्ति वा कार्य।