प्रदेश
Romanized: pradesha, pradesh, prades, pradesa
भाषा, रीतिरिवाज, हावापानी र अन्य भौगोलिक स्थिति, प्रशासन आदिका दृष्टिले छुट्ट्याइएको देशको एउटा ठुलो भाग;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भाषा, रीतिरिवाज, हावापानी र अन्य भौगोलिक स्थिति, प्रशासन आदिका दृष्टिले छुट्ट्याइएको देशको एउटा ठुलो भाग; प्रान्त।
२.
कुनै ठाउँ; स्थान।
३.
शरीरको अङ्ग; अवयव।
४.
कुनै भूभाग।
५.
भूभाग वा नदीका दृष्टिले नेपालका तीन भौगोलिक (हिमाली, पहाडी र तराइली वा कोसी, गण्डकी र कर्णाली) विभाजनमध्ये कुनै एक ।
६.
वास्तुकलामा वा मूर्ति-निर्माणसम्बन्धी कलामा अङ्गुलको नौ गुना बराबरको नापका लागि प्रयोग गरिने शब्द, नौ अमल बराबरको नाप।
७.
परदेश; विदेश (न्यूनस्तरीय प्रयोग)।