भट्ट्याउनु

Romanized: bhattyaaunu, bhattyaunu

भट्ट्याउनु (bhattyaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

भट्ट्याउनु(१)

(सकर्मक क्रिया [भाटो+याउ+नु])
1.
घर, कटेराका धुरीमा हालेका डाँडालाई भाटा हालेर चोयाले कस्नु, भाटा हालेर डाँडाहरू बाँध्नु।

भट्ट्याउनु(२)

(सकर्मक क्रिया [संस्कृत भण्+याउ+नु])
१..
देउसी, कीर्तन, भजन आदिमा पहिलो लवज वा वाक्य दोहोऱ्याउनु; सामूहिक रूपमा त्यस्तो लवज फलाक्नु।
२..
मन नपर्दो वा असभ्य कुरा ठुलो स्वरले भन्नु।

सम्बन्धित शब्दहरू