लय

Romanized: lay, laya

एक वस्तु अर्का वस्तुमा चिन्न र छुट्ट्याउन नसकिने किसिमले मिलेको अवस्था; मिलान; विलय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एक वस्तु अर्का वस्तुमा चिन्न र छुट्ट्याउन नसकिने किसिमले मिलेको अवस्था; मिलान; विलय।
२.
गहन एकाग्रता; मनको लीनता; तल्लीनता।
३.
सृष्टिको अन्तमा हुने महानाश; विनाश; विघटन; प्रलय।
४.
प्रच्छन्नता; अदृश्यता; अदर्शन।
५.
सङ्गीतमा स्वरको आरोह र अवरोहको विशेष तीन क्रम (विलम्बित, मध्य र प्लुत)।
६.
विश्रामस्थल; आवास; निवास।
७.
आलिङ्गन।
८.
आराम।
८.
कुनै काम जान्नका लागि चाहिने तन्मयता; लयो।

सम्बन्धित शब्दहरू