लुँडो

Romanized: lundo, lumdo

आङ मल्दा निस्कने मयलको लिँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आङ मल्दा निस्कने मयलको लिँड।
२.
कपालको चुल्ठो।
३.
घाँस, पराल, लुगा आदिको केही लाम्चो गुजुल्टो।
४.
ताँती।
५.
धेरै मानिस आदिको धुइरो वा भिड।
६.
पराल आदि बटारेर बनेको पोयो।
७.
बाबियाको मुठो।
८.
भाँडाकुँडा माझ्ने वा भुइँभित्ता आदि पोत्ने झुम्रो वा पराल आदिको गुजुल्टो; मस्को।
९.
सर्प र भर्‍याङको चित्र भएको बोर्डमा खेलिने एक किसिमको खेल।
१०.
हरिस आदिका फेदमा गुजुल्टिएको घाँस वा झार।

सम्बन्धित शब्दहरू