विग्रह
Romanized: vigrah, wigraha, wigrah, bigraha
छुट्ट्याउने काम; अलग्ग्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
छुट्ट्याउने काम; अलग्ग्याउने काम।
२.
कलह; झगडा; विद्वेष।
३.
टुक्रा; खण्ड; विभाग।
४.
व्याकरणका नियमअनुसार यौगिक शब्द, समस्त पद र वाक्य आदिको व्याख्या गर्नाका निम्ति तिनलाई अलगअलग पार्ने वा छुट्ट्याउने काम।
७.
राजनीतिशास्त्रमा प्रचलित षाड्गुण्यमध्ये एक।
८.
आकार; रूप; आकृति।