विपर्यय
Romanized: viparyay, wiparyaya, wiparyay, biparyaya
तलमाथि वा अगाडिपछाडि परेको अवस्था; क्रमको अभाव; व्यतिक्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तलमाथि वा अगाडिपछाडि परेको अवस्था; क्रमको अभाव; व्यतिक्रम।
२.
सिलसिला टुटेको रूप; क्रम भत्केको अवस्था।
३.
भ्रम; भ्रान्ति।
४.
गल्ती; भुल।
५.
उल्टोपन; प्रतिकूलता।
६.
साटफेर; विनिमय; अदलाबदली।
७.
भेष वा पोसाकको परिवर्तन।
८.
अभाव; शून्यता।
९.
हानि; नोक्सान।
१०.
विनाश; खतम।
११.
विपत्ति।
१२.
द्वेष; रिस।
१३.
कुनै शब्दमा वर्ण अगाडिपछाडि पर्ने स्थिति (जस्तो पिशाच > पिचास आदि)।