सङ्केत
Romanized: sangketa, sangket, shangketa, sanket
हात, आँखा, ओठ आदि अङ्ग-उपाङ्गका माध्यमले वा अन्य कुनै उपायद्वारा मनोभाव व्यक्त गरिने चेष्टा; इसारा; इङ्गित;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हात, आँखा, ओठ आदि अङ्ग-उपाङ्गका माध्यमले वा अन्य कुनै उपायद्वारा मनोभाव व्यक्त गरिने चेष्टा; इसारा; इङ्गित; सान।
२.
कुनै कुरा निर्देशित गरिने चिह्न; चिनु; प्रतीक।
३.
सूक्ष्म रूपले जनाइएको कुरा; सूचना; सूत्र।