सपक्क
Romanized: sapakk, shapakka, shapakk, sapakka
गिलो खानेकुरो एकै खेपमा खाने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल सपक्+क]
१.
गिलो खानेकुरो एकै खेपमा खाने किसिमले।
२.
लाउँदा वा ओढ्दा आङमा सुहाउने किसिमले; लगाएको लुगा मिल्ने गरी ।
३.
कुनै वस्तु टम्म मिलेर टाँसिने चालले।
४.
मिलाएर केश कोर्ने, बाट्ने, तलास्ने आदि किसिमसँग; राम्ररी कोरीबाटी गरेर।