हर
Romanized: har, hara
हर (har) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
हर(१)
(नाम [प्राकृत])
१..
शरीरको काँधदेखि फिलासम्मको पिठिउँको भाग।
२..
शरीरको ढाडनसासहितको अगलबगलको भाग।
३..
पछाडिको फिलाको जोर्नी र आसपासको भाग।
हर(२)
(नाम [संस्कृत])
१..
महादेव; शिव।
२..
गणितको भिन्न राशिमा भाग दिने सङ्ख्या; भिन्न गर्दा अंशभन्दा मुनिको सङ्ख्या।
३..
नुहाउने काम; स्नान (बालबोलीमा)।
४..
(विशेषण)
जबर्जस्ती गरी लिएर जाने; हरण गर्ने; चोर्ने।
५..
नाश गर्ने; नष्ट पार्ने।
६..
कुनै शब्दका पछिल्तिर गाँसिएर नाश गर्ने, शान्त गर्ने आदि अर्थ बुझाउने उत्तरपद (जस्तो- कष्टहर, रोगहर, दुःखहर आदि)।
हर(३)
(नाम [संस्कृत हल])
1.
खेत जोत्नका लागि प्रयोग गरिने साधन; हलो (तराई प्रदेशमा)।
हर(४)
(नाम [फारसी])
1.
केही नामवाचक शब्दको अगाडि रही त्यसका सबै एकाइसँग सम्बन्ध रहेको कुरा बुझाउने शब्द; प्रति (जस्तो- हरव्यक्ति, हरघडी आदि)।