हरहर
Romanized: harahar, harahara
हरहर (harahar) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
हरहर(१)
(नाम [संस्कृत हर+हर])
१..
नुहाइधुवाई गर्दा धार्मिक भावनाले दोहोऱ्याई-तेहऱ्याई महादेवको नाम लिइने शब्द।
२..
नुहाउने काम; स्नान (बालबोलीमा)।
हरहर(२)
(क्रियाविशेषण [अनुकरण मूल हर+अ (द्वि.)])
१..
बत्ती, आगो आदि ज्वाला छुटेर बल्ने गरी।
२..
कडा गर्मी वा भित्री रोगले हृदयमा जलन पैदा भएर; डाह हुने किसिमले।
३..
हावा सरसराउने चालसित।