हाँक्नु
Romanized: haamknu, haanknu, hanknu, hamknu
शत्रुपक्षका विरुद्ध युद्ध गरिने कुराको घोषणा गर्नु; हाँक दिनु; ललकार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत हक्कार+नु]
१.
शत्रुपक्षका विरुद्ध युद्ध गरिने कुराको घोषणा गर्नु; हाँक दिनु; ललकार्नु।
२.
हैकम चलाउनु; अह्राउनु।
३.
हिम्मतका साथ कुनै गौरवपूर्ण कामलाई अगाडि बढाउनु; आँट गर्नु।
४.
मोटर, बग्गी, वायुयान आदि सवारी चलाउनु।
५.
चमर; पड्या आदि हल्लाएर हावा निकाल्नु; हम्कनु।
६.
फुर्माएर वा बढाई-चढाईकन कुरा गर्नु; गफ चुट्नु।