अदृष्ट

Romanized: adrishta, adrisht, adrista, adrist

नदेखिएको; देखा नपरेको; आँखाका अगाडि नपरेको वा नरहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नदेखिएको; देखा नपरेको; आँखाका अगाडि नपरेको वा नरहेको।
२.
नदेखिने भएको; लुप्त; गुप्त; गायब।
३.
अन्तर्निहित रहेको वा भएको; अन्तर्ध्यान भएको।
४.
(नाम) भाग्य; प्रारब्ध; नियति।
५.
जन्मान्तरको वासना; पूर्वजन्मको संस्कार।
६.
धर्मअधर्म; पापपुण्य।

सम्बन्धित शब्दहरू