अनुष्ठान

Romanized: anushthaana, anushthaan, anushthana, anusthaana

शास्त्रले बताएअनुसार यज्ञयागादि धार्मिक कार्य गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शास्त्रले बताएअनुसार यज्ञयागादि धार्मिक कार्य गर्ने काम।
२.
अभीष्ट फल वा चिताएको कुरा पाउनका लागि शास्त्रमा बताइएको विधिमुताबिक नियमपूर्वक कुनै देवताको जप, पूजा, पाठ आदि गर्ने काम।
३.
त्यस्तो किसिमको आराधना वा उपासना।
४.
नियमपूर्वक एकाग्र वा दत्तचित्त भई गरिने कुनै धार्मिक, सामाजिक वा अन्य विशेष महत्त्वपूर्ण र कठिन कार्य।
५.
त्यस्ता कार्यको शुभारम्भ गरी सफल पार्ने काम; आराधना; उपासना; पुरश्चरण; व्रत; कार्यारम्भ; विशेष कार्य।

सम्बन्धित शब्दहरू