अव्यक्त
Romanized: avyakt, awyakta, awyakt, abyakta
व्यक्त वा प्रकट नभएको; प्रत्यक्ष नभएको; लुकेछिपेको; अज्ञात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
व्यक्त वा प्रकट नभएको; प्रत्यक्ष नभएको; लुकेछिपेको; अज्ञात।
२.
नजानिएको; अथाह; अगोचर।
३.
प्रतिपादन गर्न नसकिने; अनिर्वचनीय।
४.
रूप, गुण केही नभएको।
५.
(नाम)
ईश्वर वा ब्रह्म ।
६.
जीवको सूक्ष्म शरीर।
७.
शिव।
८.
कामदेव।
९.
प्रकृति (साङ्ख्य)।