गाँठो

Romanized: gaamtho, gaantho, gantho, gamtho

डोरी, धागो, सुतली आदि वस्तु नफुस्कोस् भनी मस्काउँदा वा आफैँ फेरो परेर हुने डल्लो; ग्रन्थि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत गण्ठो ८ संस्कृत ग्रन्थ]

१.
डोरी, धागो, सुतली आदि वस्तु नफुस्कोस् भनी मस्काउँदा वा आफैँ फेरो परेर हुने डल्लो; ग्रन्थि।
२.
गानु; डल्लो।
३.
बाँस, उखुजस्ता हाँगा पलाउने जातका वस्तुहरूको आँख्लो।
४.
अड्को; समस्या; रहस्य।

सम्बन्धित शब्दहरू