नकल

Romanized: nakal, nakala

कुनै वस्तुको आकारप्रकारसित मिल्ने गरी बनाइएको अर्को वस्तु; अनुकृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी नक्ल]

१.
कुनै वस्तुको आकारप्रकारसित मिल्ने गरी बनाइएको अर्को वस्तु; अनुकृति।
२.
कसैले गरेको कुनै कामको अनुकरण गर्ने प्रवृत्ति; अनुकरण।
३.
कुनै मूल लेख जस्ताको तस्तै सारेको कागज; प्रतिलिपि ।
४.
अभिनय।
५.
स्वाङ।
६.
अनावश्यक शृङ्गार।
७.
ढाँचाकाँचा; नक्कलझक्कल।

सम्बन्धित शब्दहरू