पकाउनु

Romanized: pakaaunu, pakaunu

अन्न आदिलाई पानीका साथमा भाँडामा राखेर आगाका आँचमा गलाउनु; खान लायक बनाउनु; परिपक्व पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
अन्न आदिलाई पानीका साथमा भाँडामा राखेर आगाका आँचमा गलाउनु; खान लायक बनाउनु; परिपक्व पार्नु।
२.
आलु, तरुल आदिलाई आगाका कोइला वा भुतभुतेमा घुसारेर गलाउनु।
३.
फलफूल आदिलाई खान योग्य तुल्याउनु; पाक्ने पार्नु।
४.
खटिरा, फोका आदिलाई उपचारद्वारा पिपभरिने पार्नु।
५.
नोकरी वा कुनै किसिमको कामद्वारा पारिश्रमिक वा ज्याला आर्जन गर्नु।
६.
आलाकाँचा व्यक्तिलाई शिक्षा, उपदेश आदिद्वारा प्रबुद्ध वा पाको गराउनु।

सम्बन्धित शब्दहरू