फाँड्नु

Romanized: phaamdnu, phaandnu, faamdnu, phandnu

फाँड्नु (phaamdnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

फाँड्नु(१)

(सकर्मक क्रिया [फाँडो+नु])
1.
कुनै घोलिलो वस्तु पानीमा हालेर हुँडल्नु; फाँडो पार्नु; फेट्नु; फाउनु वा लेदो पार्नु।

फाँड्नु(२)

(सकर्मक क्रिया [प्राकृत फड+नु])
१..
घना वनजङ्गलका रुखहरू काट्नु वा उखेल्नु; जङ्गल वा झाडी छिमल्नु, उजार्नु।
२..
हाँगाबिँगा, स्याउलापात आदि काट्नु वा बिरुवा, झारपात आदि उखेल्नु।
३..
बालीनाली भित्र्याएपछि बचेका बोट, झाङ आदि उखेल्नु; मास्नु।

सम्बन्धित शब्दहरू