भिज्नु

Romanized: bhijnu

कुनै तरल पदार्थले आर्द्र हुनु; निथुक्क हुनु; रुज्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत अभिमज्ज > भिज्ज+नु]

१.
कुनै तरल पदार्थले आर्द्र हुनु; निथुक्क हुनु; रुज्नु।
२.
पानीमा परेर अन्न आदि फुल्नु, ढाडिनु।
३.
कुनै काममा तन्मय भएर लाग्नु; दत्तचित्त हुनु।
४.
कुनै विषयबारे पोख्त हुनु; पारङ्गत हुनु।

सम्बन्धित शब्दहरू