वादी

Romanized: vaadi, waadi, wadi, vaadee

वादी (vaadi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

वादी(१)

(नाम [संस्कृत])
१..
कसैका विरुद्ध अदालतमा मुद्दा दायर गर्ने व्यक्ति; उजुरवाला व्यक्ति।
२..
फिरादपत्र; नालिस।
३..
रागमा मुख्य रूपले प्रयुक्त हुने स्वर।
४..
बाजा बजाउने व्यक्ति; वाद्यवादक।
५..
(विशेषण) कुनै वादमा लाग्ने वा सिद्धान्तविशेषको अनुयायी (जस्तै- अध्यात्मवादी, भौतिकवादी, समाजवादी इ.)।
६..
कुनै कुरा बोल्ने; भन्ने।
७..
कलह वा झगडा गर्ने।
८..
न्याय माग्न जाने। स्त्री. वादिनी।

वादी(२)

(विशेषण [संस्कृत])
1.
सर्दी गर्ने; वायुकारक।

सम्बन्धित शब्दहरू